भर्ना अभियान

Education
By -
0
विद्यालय भर्ना अभियान बैसाख १ देखि 
स्कुल अाउ ! (सार्दुलविक्रित छन्द)

डाला घाँस गरेर  अल्झिनगए  मर्छन्  सधै  सिर्जना ।
अाउ हात समाउ याे कलमले  बढ्ला  सधै  चेतना ।।

ज्ञानी भै यदि बस्दछाै चहकिलाे बत्ती  समाउ  तिमी ।
यहि जिन्दगी फुल्दछन् फुल् सरि स्कुल अाउ तिमी ।।

शिक्षाले  भर  अाज  नै भर  पूरा  अज्ञानताकाे  मन ।
मनले पुज्न सके बुझिन्छ कुनमा के हुन्छ के भैकन ।।

कापीमा अनि ग्रन्थमा कलममा पियार  लाउ  तिमी ।
झाेला पुस्तकले भरेर  खुसि  भै स्कुल  अाउ  तिमी ।।

चिन्दै अक्षरले यी  पुस्तक  पढी  बिद्वान  हाेउ  अब ।
धर्तिमै बस ज्ञानले  मन  भरि  अादित्य  छाेउ  नभ ।।

बिद्या बुद्धि बिबेकले धरति वा अाकाश छाेउ तिमी ।
सित्तै सिक्न सकिन्न याे किनभने स्कुल अाउ तिमी ।।


लेख्दा गल्ति हुनेछ साथ  बाेक  है  डस्टर र  ईरेजर ।
अाफै बन्न सके बनिन्छ जिवनै  सारा  नबन्ला  तर ।।
कर्णाधार अाधार हाै बुझ तबै पुस्तक  समाउ  तिमी ।
बिद्याकाे मठ यहि हाे पढ सधै  स्कुल  अाउ  तिमी ।।


जाे पुग्छन् रवि चन्द्रमा पुगिरहे यी ग्रन्थका  खातले ।
ज्ञानी भै भर ज्ञानले  भनिरह्याे याे #लक्ष्मीप्रसादले ।।
                                              @LP Joshi  

Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*