अाज बुद्ध जयन्ती !(कविता)

Education
By -
0
🌹! बुद्ध जयन्तीकाे सबैलाई शुकामना !🌹
देशै  जर्जर  भाे  जीवन  जगत  नै  कापिरहेछन्  यहाँ ।
भास्कर ढल्न नपाउदै त अग्गि र धुनी तापिरहेछन् यहाँ ।।

अाष्टाङ्गिक लिएर  भ्रष्टहरुमा  छरपस्ट छाउ तिमी ।

तिम्राे देश विवादले खतम भाे  हे बुद्ध  अाउ  तिमी ।।

जन्मेकाे जग ढल्किदै सरिसके हाे हेर्न अाउ तिमी ।

पापि  दुष्ट  बढेर  दुच्छर  बने मन फेर्न अाउ  तिमी ।।

शान्तिका तिमी दुत हाै अलप भाे त्याे शान्ति वा बैभव ।

फाटेका  मन जाेड्न  बुद्ध  तिमिले  गाेष्टि  चलाउ अब ।।

थाेत्रीय सब अाश  भाष र भुषा भाषा तथा जीवन ।

अाशामै कति पर्खियाै ढुकिरह्याै  बुद्धागमन अागन ।।

सारा भक्त बिभक्त छन् विरस छन् हे प्रियकंर यहाँ ।

अाउ धेर  अबेरकाे  असरले  संकट  भयकंर  यहाँ ।।
                                                 @L P Joshi

Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*