अनिवार्य नेपाली Class
12
(नया पाठ्यक्रम)
समय ३
घण्टा पूर्णाङ्क ७५
१. तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको अक्षर संरचना देखाई अक्षर सङ्ख्यासमेत देखाउनुहोस् ३
गरिबी न्यूनीकरण नेपाली वस्तु तथा सेवाका लागि
लगानीमैत्री वातावरण सिर्जना र निर्यात प्रवद्र्धनका माध्यमबाट अर्थतन्त्रलाई
सुदृढ गर्नु आवश्यक छ । तुलनात्मक लाभ तथा प्रतिस्पर्धी क्षमता भएका नेपाली वस्तु
तथा सेवाको उत्पादन वृद्धि गर्नुपर्छ ।
२. तलको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन
गर्नुहोस् ३
अग्लो डाडा बाट विहानै शूर्योदयको दृश्य हेर्दा
म मन्त्रमूग्ध भए । नया“ ठाउ“ त्यहा“को प्राकृतिक रमणियता र समाजिक जीवनपद्धतिबाट
मलाई आनन्दको अनुभूति हुन्छ ।
३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् २
(क) तलको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र
एउटा अनुकरणात्मक शब्द पहिचान गरी
तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् परीक्षा चलिरहेको ठाउ“मा पर्यवेक्षक टुृप्लुक्क
आएको देखेर निरीक्षकहरू मुसुक्क हा“से । विद्यार्थीहरू अनुशासित भएर खुरुखुरु
लेखिरहेका थिए ।
(ख) तलको अनुच्छेदबाट एउटा उखान र एउटा
टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्ः
हाम्रा अग्रजले हामीलाई देशको विकास र उन्नतिका
लागि कम्मर कसेर काम गर्ने र राष्ट्रको नाक राख्ने जस्ता स्वाभिमानी कुरा सिकाएका
छन् । एकले थुकी सुकी सयले थुकी नदी भने झ“ै सम्पूर्ण नेपालीको एक मन हुनुपर्छ ।
अरूका चिप्ला र आकर्षक कुरामा विश्वास गर्ने हो भने अर्काको बाच्छा चाट्यो मुखभरि
रौ“, रौ“ पनि उडायो रा“ै न सा“ै भने झ“ै हुन सक्छ ।
४. तलको अनुच्छेदमा रेखाङ्कन गरिएका पदहरूको
शब्दवर्ग पहिचान गरी लेख्नुहोस् ः ३
कतिपय मानिसहरू आफ्नो विचारस“ग मेल नखाने
व्यक्तिलाई मित्रका रूपमा स्वीकार गर्न
अप्ठ्यारो मान्दछन् । प्रायः हामी धेरैलाई
आफ्नो विचार शतप्रतिशत उचित हो भन्ने लाग्छ तर
हरेक मान्छेको विचार त फरक हुन्छ ।
५. तलको अनुच्छेदबाट दुईओटा तत्सम र दुईओटा
आगन्तुक शब्द पहिचान गरी
लेख्नुहोस् ः २
आवासीय क्षेत्रको पहिचान हुन नसक्दा खेतीयोग्य
जमिन घट्दै र कङ्व्रिmटको सहर बढ्दै गएको
छ । यस्तो कार्य बेलैमा रोकेर खेतीयोग्य जमिन र
आवासीय जमिनको क्षेत्र निर्धारण हुनुपर्छ ।
६. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ः ३
(क) तल दिइएका उपसर्ग र प्रत्यय लगाई एक एक
शब्द बनाउनुहोस् ः
उपसर्ग बि, कु, अभि
प्रत्यय यौली, य, तव्य
(ख) तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द र
तीनओटा द्वित्व शब्द पहिचान गरी समस्त
शब्दको विग्रह र द्वित्व शब्दको निर्माण
प्रव्रिmया देखाउनुहोस् ः
पुरुषोत्तम कार्यालय जानका लागि तम्तयार भएर
बसेका थिए । बुबाआमाले उनलाई बेलुका
गफगाफमा नभुली फटाफट घर आउनू है भनेर
सम्झाउनुभयो । छरछिमेकमा उनीहरू
बुढापाकाहरूमध्ये बुद्धिजीवीका रूपमा चिनिन्छन्
।
७. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ः ४
(क) ले, लाई, बाट, द्वारा, देखि, को, मा, लागि विभक्ति लागेका
कारकहरूको प्रयोग गरी आफ्नो
बाल्यकालका बारेमा चार वाक्यमा वर्णन गर्नुहोस्
।
(ख) तल दिइएका वाक्यहरूलाई द्वितीय पुरुषमा
परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् ः
ऊ प्रयोशाला गयो । उसले त्यहा“ अत्याधुनिक
उपकरण देख्यो । उसले अनौठो मानेर
प्रयोगशाला हे¥यो । उसले घर
आएर परिवारका सबै सदस्यलाई प्रयोगशालाका बारेमा
बतायो ।
८. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ः ४
(क) सम्भावनार्थक क्रियापदको प्रयोग गरेर
आफ्नो मातृभूमिका बारेमा चार वाक्यमा एक अनुच्छेद
लेख्नुहोस् ।
(ख) वाच्य परिवर्तन गर्नुहोस् ः
लेखकहरू समसामयिक विषयमा लेखहरू लेख्छन् ।
नेताहरू संविधानको उचित कार्यान्वयन
गरून् । किसान जैविक खेती गर्दै छन् ।
वृद्धाहरू जीवनको अनुभव सुनाउ“छन् । युवाहरू नया“
खोज अनुसन्धानमा लागेका छन् ।
९. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ः ४
(क) तल दिइएका आठओटा सरल वाक्यलाई चार ओटा
जटिल वाक्य बनाई लेख्नुहोस् ।
म अहिले पढ्दै छु । म भोलि देशको उच्च तहमा
पुग्ने छु । हाम्रो देशमा विविध सम्भावना
छन् । म रोजगारी सिर्जना गर्छु । सहिदका सपना
अधुरै रहेका छन् । हामी सहिदका सपना
पूरा गर्न चाहन्छौं“ । हामीले सहिदलाई उच्च
सम्मान गर्नुपर्छ । उनीहरू हाम्रा मुक्तिदाता
हुन् ।
(ख)
कथन परिवर्तन गरी लेख्नुहोस्
बालकृष्ण समले भने–“ज्ञान विज्ञानको हात जोड्नु
पर्दछ कर्ममा ।”
देवकोटाले भनेका छन् –“मानिस ठुलो दिलले हुन्छ
जातले हु“दैन ।”
गुरुले मलाई सोध्नुभयो– “तिमीले गृहकार्य ग¥र्यौ त ?”
विदेशीहरूले भने–“नेपाल अत्यन्तै सुन्दर देश हो
।”
१०. तल दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको
उत्तर दिनुहोस् ५
समाचार भन्नाले सामान्यत
हालखबर वा नया“ घटनाको विवरण भन्ने बुझिन्छ । यसैले रेडियो, टिभी, जस्ता श्रव्य–दृश्य माध्यमबाट प्रसारित वा
पत्रिका आदि छापा माध्यमबाट प्रकाशित घटनाका ताजा विवरण समाचार हुन् । समाजमा
घट्ने घटनाको विवरण भएकाले समाचार मानिसको पहु“चभित्रको विषय हो । समाचारका
विषयअन्तर्गत राजनीति, शिक्षा, खेलकुद,
व्यापार, वाणिज्य, संस्कृति
आदि जुनसुकै हुन सक्छन् । यसरी जुनसुकै विषय समाचार बन्न सक्ने भए पनि कुनै पनि
विषय आफैमा समाचार भने हु“दैन । जुन कुराले पाठक वा श्रोताको ध्यान आकर्षित गर्छ र
नया“ सूचना सम्प्रेषण गर्छ त्यस्तो विषयवस्तु समाचार बन्छ । समाचारका
बारेमा भन्ने गरिन्छ, “कुकुरले मान्छेलाई टोक्नु समाचारको विषय बन्न सक्दैन तर मान्छेले कुकुरलाई
टोक्यो भने त्यो समाचार बन्छ” समाचारलाई रोचक बनाउने भन्दैमा यथार्थलाई परित्याग
गर्न चाहि“ मिल्दैन । समाचार सम्प्रेषणमा संवाददाता पूरै तटस्थ रहनु राम्रो
मानिन्छ । उसले आफ्नो राय, विचार वा निर्णयभन्दा घटना वा
सूचनाको तथ्यपरक विवरण दिए पुग्छ । समाचारको उद्देश्य आम जनतासम्म सन्देश पु¥याउनु हो । यसैले समाचारको भाषा सकेसम्म सरल बनाउनु पर्छ । समाचारमा छोटा
छोटा वाक्य प्रयोग गर्नु राम्रो मानिन्छ । समाचारको शैली विशिष्ट हुन्छ । यही
शैलिगत विशेषताकै आधारमा समाचारलाई घटनापरक, प्रक्रियापरक र फिचर
गरी तीन प्रकारमा वर्गीकरण गर्ने प्रचलन छ । समग्रमा भन्दा सत्यता, विश्वसनीयता, नविनता, रोचकता,
सन्तुलन, भाषिक सरलता र स्पष्टता समाचारका खास
विशेषता हुन् ।
प्रश्नहरू
(क) के कस्ता माध्यमबाट समाचार
सम्प्रेषण गरिन्छ ?
(ख) समाचारका विषयक्षेत्र कुन कुन हुन् ?
(ग) समाचारको भाषा कस्तो हुनुपर्छ ?
(घ) समाचारलाई कति भागमा वर्गीकरण गरिएको छ ?
(ङ) समाचारका खासखास विशेषता के के हुन् ?
११. तलको दिइएको अनुच्छेद पढी मुख्य मुख्य
चारओटा बु“दा टिपोट गर्नुहोस् र एकतृतीयांशमा
सारांश लेख्नुहोस् ः २+३
जिज्ञासा नै ज्ञानको बीज हो
। जिज्ञासा वृत्तिलाई विकसित गर्नु र त्यसमा उत्तम संस्कारको स्थापना गर्नुमा नै
शिक्षाको उपयोगिता रहेको हुन्छ । यस कारणले जुन शिक्षाले मानवका सद्वृत्तिको जागरण
गर्दैन, जसले मानवलाई भोगप्रधान प्रयोगमार्गबाट कल्याणप्रधान श्रेयोमार्गतर्फ
लग्दैन, मानव मनमा पसेर मानवलाई एक श्रेष्ठ जीवनस्वप्नले
भरिदि“दैन त्यो शिक्षा होइन, साक्षरता मात्र हो । आज यस
किसिमको साक्षरता नै संसारका अनेक जटिल समस्याको कारण बन्न पुगेको छ । यसकारण
शिक्षा हाम्रो धर्म र संस्कृतिको अनुकूल हुनैपर्छ । विद्यार्थीले विद्यालयमा मात्र
सबै कुरा सिक्छन् भन्नु ठुलो भुल हुन जान्छ । बालक परिवारमा, बाटामा, मित्रसम्पर्कमा र सर्वत्र केही न केही
सिकिरहेको हुन्छ । ऊ आÇना मातापिता, बन्धुवान्धव,
साथीसंगाती, परिचित, अपरिचित
मानिसको व्यवहारबाट पनि धेरथोर सिकिरहेको हुन्छ । यस कारण समाजको वातावरण आजको जस्तो
दूषित हुनु हु“दैन । सामाजिक वातावरणको परिष्कार गर्नु अत्यन्त आवश्यक छ । यसका
लागि
अर्थप्रधान जीवनदृष्टिको ठाउ“मा कर्तव्यप्रधान
जीवनदृष्टिको स्थापना अत्यन्त आवश्यक हुन आउ“छ । कर्तव्यप्रधान जीवनदृष्टिको
निर्माण संस्कृतिमूलक शिक्षाबाट पनि हुने गर्छ । यस्तो शिक्षाबाट मानव असल त हुन्छ
नै साथै सफल पनि हुन्छ ।
१२. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ः ४
(क) विभिन्न सिप आर्जन गरी
तुरुन्तै व्यावसायिक काम गर्न सक्ने प्राविधिक जनशक्ति उत्पादनका लागि खोलिएको
प्राविधिक तथा व्यावसायिक विद्यालयको प्रचार–प्रसारका लागि गरिने विज्ञापनको नमुना
तयार पार्नुहोस् ।
(ख) कृषि विकास बैंकबाट घर
निर्माणका लागि रु. ५०,००,०००।— (पचास
लाख) ऋण लिन लागेको विषयलाई समेटी तमसुकको नमुना तयार पार्नुहोस् ।
१३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ५
(क) आपूmले गरेको
शैक्षिक भ्रमणको चर्चा गर्दै एउटा प्रतिवेदन तयार पार्नुहोस् ।
( मानौं तपाई“को नाम सुमन हो र विद्यालयको
नाम हिमालय मा.वि. हो ।)
(ख) ‘भ्रष्टाचार नियन्त्रण’ शीर्षकमा १५०
शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।
१४. कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् ः ४
(क) आखिर जीवन नै नाटक हो । संसार नै
रङ्गमञ्च हो ।
(ख) त्यो आउ“दा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्ने छौ
तर त्यो हि“उ र आगोभन्दा पनि बढ्ता छोइने भएर
आउ“छ ।
१५. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ः ४
(क) तल दिइएको निबन्धांश पढी सोधिएका
प्रश्नको उत्तर दिनुहोस् ः
जोगबनीदेखि धरानसम्मको अलकत्रे बाटालाई
धिक्कार्दै र भादगाउ“देखि बाह्रबिसेसम्मको
फराकिलो कालो बाटालाई सराप्दै हामी ठसठस
कनिरह्यौं“ । सिंहदरबार अगाडिको चिप्लो
बाटो त्यहा“ थिएन, न त्यहा“ भैरहवाबाट बुटवल जा“दा जस्तो तेर्सो सोझो बाटो नै थियो । त्यहा“
त चुच्चे ढुङ्गाहरू पहरामा तेर्सिएका थिए काला
रूखका छा“यामा कच्पल्टिएर । पसिनाले
निथ्रुक्क भिजेर हामी छ जना अभागी आकाशतर्फ
उचालिइरह्यौ“, उचाइलिइरह्यौ“ ।
प्रश्नहरू
(अ) लेखकले अलकत्रे र कालो फराकिलो बाटोलाई
किन गाली गरेका हुन् ?
(आ)
लेखकसहित छ जना साथीहरु आकाशतर्फ उचालिरहनुको तात्पर्य के हो ?
(ख) तलको संवादांश पढी सोधिएका प्रश्नको
उत्तर दिनुहोस् ः
हेर घनश्याम, प्राकृतिक
सौन्दर्यको मात्रै कुरा गर्ने हो भने पनि नेपालका हिमाल, जङ्गल
र चरा मात्रै भनेर पुग्दैन । यहा“ असङ्ख्य पहाड, अन्नको
भण्डार तराई, नदी, ताल, उपत्यका, सिमसार, जैविक
विविधता आदि थुप्रै कुरा छन् । नेपाल आउने पर्यटक सबै हिमाल हेर्न र आरोहण गर्न
आउने होइनन् नि । पर्यटनका लागि विभिन्न किसिम छन् भन्ने तिमीलाई थाहै छ ।
त्यसमध्ये सांस्कृतिक पर्यटन पनि त एक हो । नेपाल जस्तो सानो ठाउ“मा सबै जाति,
सयौ“ भाषा, सयौ“ संस्कृतिको अध्ययन गर्न पाउनु
सांस्कृतिक पर्यटकका लागि ठुलो अवसर हो नि । त्यसैले नेपालको विविधतास“ग पर्यटकको
सरोकार हुने भएन र ?
प्रश्नहरु
(अ) नेपालको प्राकृतिक सौन्दर्यभित्र के के
कुरा पर्छन् ?
(आ) नेपालमा सांस्कृतिक पर्यटनको कस्तो
सम्भावना छ ?
१६. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ः ४
(क) दमयन्तीको जस्तो कठिन
अवस्थामा तपाई“ भएको भए नललाई खोज्न तपाई“ कस्तो उपाय अपनाउनुहुन्थ्यो ? आफ्नो प्रतिक्रिया दिनुहोस् ।
(ख) छोराछोरीको माया, लोग्नेको
माया, अरूको माया छुट्टाछुट्टै हुन् । मायाको आफ्नै विशेषता
छ । यस भनाइलाई ‘मातृत्व’ कथाका आधारमा पुष्टि
गर्नुहोस् ।
१७. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् ः ८
(क) ‘एक चिहान’ उपन्यासमा के कस्ता सामाजिक
कुरीति र कुसंस्कारको विरोध गरिएको छ ?
स्पष्ट पार्नुहोस् ।
(ख) ‘हामीलाई बोलाउ“छ हिमचुली’ कवितामा
नेपाली राष्ट्रिय भावनाको चित्रण कसरी
गरिएको छ ? समीक्षात्मक उत्तर दिनुहोस् ।
१८. कुनै एक शीर्षकमा कम्तीमा २५० शब्दसम्मको
निबन्ध लेख्नुहोस् ः ८
(क) वातावरण संरक्षण
(ख) म र मेरो जन्ममूमि
(ग) शिक्षा र रोजगार
Post a Comment
0Comments