१ . सुगौलिसन्धीमा अंग्रेजको तर्फबाट हस्ताक्षर गर्ने को थिए ?
-मेजर ब्राडशा
२ . नेपालमा मौजा , प्रगन्ना र जिल्ला भन्ने तिन तहको प्रशासनिक ब्यवस्था कुन शासन कालमा थियो ?
-राणाकाल
३ . नेपाल र तिब्बत वीच कहिले केरुङ्ग सन्धि भयो ?
-बि.सं १८४६
४ . भन्डारखाल पर्वमा सबैभन्दा पहिले मारिने को थिए ?
-बिरध्वज बस्नेत
५ . पाण्डिकी अड्डा काहाँ थियो ?
-सिंहदरवार
६ . गोरखा राज्यको स्थापना कहिले भयो
?
-बि.सं.१६१६ भाद्र २५
७ . नेपाल सम्बतका प्रवर्तक राजा भन्नाले कसलाई चिनिन्छ ?
-राघवदेव
८ . अक्षरांक नामक पुस्तक निःशुल्क बितरण गर्ने ब्याक्ति को थिए ?
-देवशमशेर
९ . नेपालमा सर्वप्रथम कुन राजाको पालामा मुद्राको प्रचलन रहेको इतिहाँस भेटिएको छ ?
-मानदेव
१० . सुनको असर्फी मुद्राको रुपमा चलाउने राजा को हुन् ?
-रणबहादुर शाह
११ . शहिद गंगालाल श्रेष्ठ लाई शोभा भगवतीमा कहिले गोली हानिएको थियो
?
- वि.स. १९९७ माघ १४ गते
१२ . काठमान्डौ टेकुस्थित भीम भुवनेश्वरको मन्दिर कसले बनाएका हुन् ?
- माथवरसिंह थापा
१३ . नेपालको इतिहासमा उच्चस्तरीय जाँचबुझ आयोगद्वारा पहिलोपल्ट कुन राजालाई लिखित प्रश्न सोधिएको थियो ?
-राजा ज्ञानेन्द्र
१४ . जंगबहादुरको वेलायत र फ्रान्सको भ्रमण अवधि कति थियो ?
-१ वर्ष २९ दिन
१५ . सर्वप्रथम युरोप पुग्ने नेपालका राजा को हुन् ?
- श्री ५ त्रिभुवन
१६ . नेपालको इतिहासमा वासठ्ठीहरण कुन राजाको पालामा भएको थियो ?
- श्री ५ रणवहादुर
१७ . नेपालमा दास प्रथाको अन्त्य कहिले भएको घोषणा गरिएको थियो ?
-वि.स. १९८१
१८ . धर्म कचहरीको स्थापना कसले गरेका थिए ?
- जंगबहादुर राणा
१९ . नेपालको इतिहासमा एक विराङ्गनाका रुपमा कसलाई चिनिन्छ ?
- राजेन्द्र लक्ष्मी
२० . नेपालको एकीकरण अभियानमा किर्तीपुर माथि कहिले विजय प्राप्त गरेको थियो ?
- वि.स. १८२२
२१ . शहिद धर्मभक्त माथेमालाई सिफलमा कहिले झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो
?
-वि.स. १९९७ माघ १२
२२ . नेपालमा राणाशासनको विरोधमा
"जयतु संस्कृतम " आन्दोलन कहिले प्रारम्भ भएको थियो ?
– वि.स.२००४
२३ . राजा त्रिभुवनको मृत्यु कहिले भएको थियो ?
-वि.सं. २०११
२४ . निर्वाचित मन्त्रीमण्डल विघटन गरी दलमाथि प्रतिवन्ध लगाउने कार्य तत्कालिन राजा महेन्द्रले कहिले गरेका थिए ?
-वि.सं. २०१७
२५ . हरिसिद्धिको नाच हेर्दा हेर्दे मुत्यु हुने राजा को हुन् ?
-प्रताप मल्ल
२६ . गुणकामदेवले चलनचल्तीमा ल्याएको मुद्रालाई के भनिन्छ ?
- गुणाङ्क
२७ . मकवानपुरका अन्तिम सेनवंशी राजा को हुन् ?
-दिगबन्धन सेन
२८ . श्री ५ राजेन्द्रले माथबरसिंह थापालाई के उपाधि दिएका थिए ?
-कला बहादुर
२९ . नरहरि शाह कहाँका राजा थिए ?
- लमजुङ
३० . लुम्बिनीको अशोक स्तम्भमा कुन भाषाको प्रयोग गरिएको छ ?
-पाली
३१ . लिक्ष्छवीकालमा ' कुथेर’ अड्डाको मुख्य कार्य के थियो ?
- राजस्व उठाउने
३२ . लिच्छवीकालिन समयमा लगाइने
"त्रिकर ” भित्र कुन कुन कर पर्छन ?
-भाग भोग कर
३३ . यातायातको व्यवस्थापन गर्ने कार्य लिक्ष्छवीकालमा कुन अड्डाको हो ?
-लिंङंवल
३४ . पशुपालनमा लाग्ने करलाई लिक्ष्छवीकालमा के भनिन्छ ?
-भोग
३५ . विवाह , सम्बन्ध विच्छेद जस्ता सामाजिक कार्यहरुको व्यवस्था गर्ने कार्य कुन लिछ्वीकालिन अड्डाले गर्दथ्यो ?
-माप्चोक
३६ . मल्लकालमा राजालाई कामकाज गर्न सहयोग गर्ने प्रधानमन्त्री सरहको पदलाई के भनिन्थ्यो ?
-चौतारिया
३७ . लिच्छवीकालमा पञ्चअपराध सम्बन्धी मुद्धा हेर्ने र दन्ड सजाय गर्ने कार्य कुन अड्डाले गर्दथ्यो ?
- शुल्ली
३८ . राणाकालमा सार्वजानिक निर्माण र मर्मतको व्यवस्था गर्ने अड्डालाई के भनिन्थ्यो ?
– छेभडेल
३९ . राणा कालमा रहेका ३५ जिल्ला मध्ये तराईमा कति जिल्ला थिए ?
- १२ जिल्ला
४० . सरकारी कार्यालयको समय १० वजे देखि ४ वजेसम्म कसले तोकेका थिए ?
-भिम शमशेर
४१ . राजा विरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव कहिले अघि सारेका थिए ?
- वि.सं २०३१फाल्गुन १३
४२ . फिस्टे महाराज भन्नाले कसलाई बुझिन्छ ?
-चन्द्र शमसेर
४३ . द्धितीय विश्वयुद्धताका नेपालमा प्रधानमन्त्री को थिए ?
-जुद्धशमशेर
४४ . काल भैरवलाई हसाउने राजा को हुन् ?
-प्रताप मल्ल
४५ . कोतपर्व हुँदा नेपालको प्रधानमन्त्री को थिए ?
-फत्तेजंग शाह
४६ . पृथ्वी नारायण शाहले एकीकरणको अभियानमा कान्तिपुर माथि कहिले विजय प्राप्त गरेका थिए ?
- वि.स. १८२५ असोज १३
४७ . काठमाण्डौ उपत्यका पछि पृथ्वी नारायण शाहले एकीकरण अभियान कतातर्फ केन्द्रित गरेका थिए ?
-पूर्वतर्फ
४८ . प्राचिनकालमा कर्णाली क्षेत्रलाई के उपनामले चिनिन्थ्यो ?
- वाइसे राज्य
४९ . जंगवहादुरले कहिले राजा सुरेन्द्रबाट राणा उपाधी पाएका थिए ?
-वि.सं. १९०५
५० . निर्वाणानन्द पदवी लिएका नेपालका राजा को हुन् ?
-रणबहादुर शाह
५१ . राणा शासन स्थापना गर्नका लागि आधार तयार गर्ने घटना कुन थियो ?
- कोत पर्व
५२ . काजी कालु पाण्डेको मृत्यु कहिले भएको थियो ?
-वि.स.१९१४
५३ . The Living Lion of Nepal भनेर कसलाई चिनिन्थ्थो ?
- अमरसिंह थापा
५४ . स्वयंभुको अभिलेखमा नेपालको कुन राजाको बंशक्रम उल्लेख छ ?
- मानदेव
५५ . मल्लकालमा गाँउ टोलको शासन व्यवस्था हेर्ने कुन निकायको व्यवस्था थियो ?
-पञ्च कचहरी र पञ्च समुच्चय
५६ . राणा कालमा जिल्लाको प्रमुख प्रशासकको पद के हुन्थ्यो ?
- सुब्बा
५७ . कोशी सम्झौता हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
- मातृका प्रसाद कोइराला
५८ . लिच्छबीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ?
-सर्वदण्डनायक
५९ . राणाकालमा सरकारी कर्मचारीहरुले आफ्नो पहिचानका लागि लगाउनु पर्ने पगरिलाई के भनिन्थ्यो ?
-चाँदतोडा
६० . नालापानीको युद्धमा नेतृत्व कसले गरेका थिए ?
- बलभद्र कुँवर
६१ . किराँतकालमा स्थानिय प्रशासन अन्तरगत पर्ने जिल्लालाई के भनिन्थो ?
- बिषय
६२ . न्याय विकासिनी कसको दस्तावेज हो
?
-जयस्थिति मल्ल
६३ . पृथ्वीनारायण शाहले कान्तिपुर विजय कुन पर्वको दिन गरेका थिए ?
-इन्द्रजात्रा
६४ . अन्तिम किराती राजा को हुन् ?
-गस्ती
६५ . किरात वंशपछि कुन वंशले शासन गरेका थिए ?
- सोमवंशी
६६ . भूकम्पमा परी मर्ने राजा को हुन् ?
-अभय मल्ल
६७ . लिगंवल अधिकरण न्यायिक अदालत कुन कालमा प्रचलित थियो ?
- लिच्छविकाल
६८ . आफुलाई ” विद्या पारंगत ” भनी लेख्ने राजा को हुन् ?
-जितामित्र मल्ल
६९ . लिच्छविकालीन व्यवस्थामा मल्लयुद्ध करका नाममा के मा कर लगाइन्थ्यो ?
- मनोरञ्जन
७० . लाइव्रेरी पर्व कसको पालामा भएको थियो ?
-भिम शमशेर
७१ . “ सिमसिमे राजा ” भन्नाले कसलाई जनाउँछ ?
-शिवसिंह मल्ल
७२ . सैनिक बहादुरी देखाउनेलाई चुडामणि पदक दिने राजा को हुन् ?
-योगनरेन्द्र मल्ल
७३ . सर्वप्रथम तामाको पैसा चलनचल्तिमा ल्याउने राजा को हुन् ?
-रत्न मल्ल
७४ . नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् ?
-मानदेव
७५ . नेपालमा अंग्रेजी शिक्षाको प्रारम्भ कसको पालादेखि भएको हो ?
- जंगबहादुर राणा
७६ . पशिपतिनाथको पुजारी भट्ट ब्रहमण राख्ने मल्ल राजा को हुन् ?
-यक्ष मल्ल
७७ . अरुण नदीको पौराणिक नाम के हो ?
-महाप्रभा
७८ . लक्ष्मीनरसिंह मल्ल कहाँका राजा थिए ?
-काठमाडौं
७९ . आफ्नो आसनमा सर्वप्रथम सिंहको आकृती अंकित गर्ने राजा को हुन् ?
-नरेन्द्रदेव
८० . मल्लपुरी कसले विजय गरेका थिए ?
-मानदेव
८१ . गाईजात्राको चलन कसले चलाएका हुन्
?
-प्रताप मल्ल
८२ . नेपालको राजधानी कुन राजाको पालामा नुवाकोट सरिएको थियो ?
-गीर्वाणयुद्ध विक्रम शाह
८३ . भक्तपुरका अन्तिम मल्ल राजा को हुन्
?
-रणजीत मल्ल
८४ . काठमाण्डौका अन्तिम मल्ल राजा को हुन् ?
- जयप्रकाश मल्ल
८५ . पाटनका अन्तिम मल्ल राजा को हुन् ?
-तेजनरसिंह मल्ल
८६ . पाटनको कृष्ण मन्दिर कसले निर्माण गराएका हुन् ?
-सिद्धिनरसिंह मल्ल
८७ . आफूलाई ” गन्धर्व विद्या पारंगत ” भनेर चिनाउने राजा को थिए ?
– जगतप्रकाश मल्ल
८८ . पशुपतिनाथको मन्दिर कसले निर्माण गरेका हुन् ?
- प्रचण्डदेव
८९ . भद्राधिवास मन्दिर कसले निर्माण गरेका हुन् ?
-नरेन्द्रदेव
९० . मानगृह कसले निर्माण गरेका थिए ?
-मानदेव
९१ . न्यातपोल देवल कसले बनाउन लगाएका हुन् ?
-भुपतीन्द्र मल्ल
९२ . नेपालको इतिहासमा ऐतिहासिक
“ प्रमाणिक राजा ” भनेर कसलाई भनिन्छ ?
-मानदेव
९३ . मिलिटरी अस्पतालको स्थापना कसले गरेका थिए ?
-चन्द्र शमशेर
९४ . रातो मच्छिन्द्रनाथको रथायात्राको चलन कसले चलाए ?
- नरेन्द्रदेव
९५ . घोडेजात्राको चलन कसले चलाएका हुन्
?
-जयप्रकाश मल्ल
९६ . विष्केट जात्राको चलन कसले चलाएका हुन् ?
-जगज्योती मल्ल
९७ . परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुको मन्दिरमा काटिने राजा को हुन् ?
-विश्वजित मल्ल
९८ . गौसुकी मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?
-शिवदेव तृतीय
९९ . शिलालेखामा “ श्वस्ति नेपालभ्य ”
अर्थात नेपालको कल्याण होस् भन्ने वाक्य उल्लेख गर्ने राजा को हुन् ?
- वसन्तदेव
१००. नाग र वासुकी को पुजा गर्ने चलन कसले चलाएका हुन् ?
-मानदेव
Post a Comment
0Comments