बैसाख १२ (कविता)

Education
By -
0
देशै अर्ध अपांग झै वेरस झै भत्केर घण्टाघर ।
धुर्मुस सुन्तलीका अझै मनहरु भत्कि रहेनन् तर ।।

गाउँ बस्ति ढलेछ मन्दिर ढले ढल्दैन अास्थाहरु ।
भाैतिक चिज ढले त हात नढलुन् उठ्छन् उठाउँ बरु ।।

सम्झन्छु अति शाेककाे नजरले सारा राेयकाे दिन् ।
धुर्मुस सुन्तली झै उदार मनले काेहि जुटेनन् किन ।।

पिडाका दुख भाेगका कति कथा बुन्छन् अझै पालमा
यस्ताे दिन हटाेस् र फेरि नफिराेस याे देश नेपालमा ।।

                                            @ L• P• Joshi 

Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*