मलालाका प्रेरक भनाईहरु

Education
By -
0

 मलालाको जीवन उपयोगी प्रेरक भनाईहरु

मलाला युसुफजई पाकिस्तानी महिला शिक्षा तथा बालअधिकारवादी कार्यकर्ता हुन् । सन् २०१४ को नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल मलाला स्वात उपत्यकामा तालिबानहरुले केटीहरुलाई बिधालय जान प्रतिबन्ध लगाएको समयमा महिला तथा शिक्षाको लागि वकालत गरेका कारण चर्चामा आएकी हुन् । अक्टोबर २०१२ मा, मंगलबारको दिनमा करिब सवा १२ बजे स्वात उपत्यकाको कस्बे मिंगोरामा बिधालयबाट फर्किरहेको समयमा आतंककारीहरुले हमला गरेका थिए । मलालाको जन्म १९९७ मा पाकिस्तानको खबर पख्तुनख्वाह प्रान्तको स्वात जिल्लामा भयो । आज हामीले उनको जीवन उपयोगी प्रेरक भनाईहरु यहाँ साभार गरेका छौ ।


१. तिमीले निर्णयहरु लिनका लागि, तिमि आफु को हौ भनेर देखाउनको लागि, सबैभन्दा पहिले तिमीले आफुलाई चिन्नु महत्वपूर्ण हुन्छ ।


२. मसंग मेरो इच्छा अनुसार बाँच्न पाउने अधिकार हुनुपर्छ ।


३. समस्यासंग जुध्न र युद्दको विरुद्दमा लड्नको लागि बिचारहरुको उत्पादन र ति बिचारहरुको प्रवाह गर्नु राम्रो विकल्प हो ।


४. यहाँ धेरै समस्या छन् र ति समस्या समाधानका उपायहरु पनि छन् । ति समस्या समाधानका उपायहरु भेटिने उचित शिक्षाले नै हो ।


५. यदि तिमीले कसैलाई मार्छौ भने, तिमीले यो प्रमाणित गरिरहेका हुन्छौ कि, तिमीलाई त्यो व्यक्ति देखि डर थियो ।


६. तिमि सधै अरुको सहयोगमा मात्र भर पर्नु हुदैन ।


७. म गोली हानिएको केटीको रुपमा चिनिन चाहन्न । म त्यसको बिरुद्दमा उठेकी केटीको रुपमा चिनिन चाहन्छु ।


८. एउटा डाक्टरले गोली लागेको बिरामीलाई मात्र बचाउन सक्छ । तर राम्रो राजनीतिज्ञले गोली लाग्नबाट लाँखौ मानिसहरुलाई बचाउन सक्छ ।


९. म मेरो डरभन्दा बलियो छु ।


१०. जीवनको हरेक पल महत्वपूर्ण छ । जुनबेला जे पनि हुनसक्छ । जो व्यक्ति त्यो खतरासंग डराएर आफुलाई बाँधेर राख्दैन, त्यो व्यक्ति नै अगाडी बढ्न सक्छ ।


११. म यो बिश्वास गर्छु कि, बन्दुकमा कुनै शक्ति हुदैन ।


१२. मैले मेरो मृत्युलाई नजिकबाट देखिसकेको छु । तर, मृत्युले मेरो उदेश्यमा सघाउन चाह्यो । मृत्युले मलाइ मार्न चाहन्न ।


१३. मानिसहरु भन्छन् कि, मलालाको आवाज बिक्रि भईरहेको छ, तर म भन्छु, मेरो आवाज संसारभर फैलिरहेको छ । तिमीले पहिला यो बुझ कि, मालाला अर्थात मैले के भन्न खोजिरहेको छु ।


Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*