प्रकृति(कविता)

Education
By -
0

सार्दुलविक्रित छन्दमा श्रृङ्गार रसकाे मिश्रण
============================
मिठाे धुन सुनेर पल्लव पनि फरफर फराय यहाँ ।
अाफै धुन  धुलाउदै धरतीमा  अाफै  हराए यहाँ ।।

लाग्छन् प्रेम पियारले रस भरे याे पुष्पकाे वासन ।

बन्दैछन् अब  माथमा सगरमा  बस्ने मेरै अासन ।।

मेरै साथ रहुन् पियारि वनकी काेकिल हाै मन्जरी ।

सम्माे धर्ति म हु समस्थलि म हु  भन्ने इरादा धरी ।।

बग्छु वेग विवेगले बहकिदै  काली बनी पश्चिम ।

हेर्दै छु  परकृतिकाे अनवरत्  उद्देश्य वा उद्यम ।।

चुम्दैछु अपि  हर्षले  मगजले  सैपाल  उस्तै गरि ।

कञ्चनपुर बसेर सम्झन पुगे सेती र काली तरी ।
                                            @L P JOSHI

Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*